विश्वकप छनोट: अब नेपालसँग जम्मा दुई विकल्प - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

विश्वकप छनोट: अब नेपालसँग जम्मा दुई विकल्प



काठमाडौं । सिङ्गापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले अब दुई खेल खेल्न बाँकी छ । र नेपालसँग जम्मा दुई विकल्प छन्।

कतारसँग खेल हारेपछि विश्वकप छनोट नेपालको लागि गर या मरको खेल बनेको छ । पछिल्लो खेलमा कप्तान पारस खड्का घाइते भएपछी ज्ञानेन्द्र मल्लले एकै खेलमा ३ वटा किर्तिमान बनाएपछि छनोटमा पर्ने केहि आशा बढेको छ । तर पनि नेपालले अब कि त घर फर्कने या खेल जसरी पनि जित्ने ।

पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यद्यपि दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराउँदै छनोटको गणितिय सम्भावना कायम राखेको छ ।

यही सम्भावनाबीच नेपालले शनिबार कुवेतसँग तेस्रो खेल खेल्दैछ । नेपालाई अगाडी बढ्न कुवेतसँगको खेलमा फराकिलो जितसँगै अन्तिम खेलमा आयोजक सिंगापुरलाई पनि फराकिलो अन्तरले हराउनु पर्ने बाध्यता छ । नेपालले अन्तिम खेल आइतबार सिंगापुरसँग खेल्नेछ ।

सबै टोलीले दुई दुई खेल सक्दा सिंगापुर तीन अंक सहित शीर्ष स्थानमा छ । नेपाल, मलेसिया र कतारले समान दुई दुई अंक बनाएका छन् ।

रन रेटका आधारमा मलेसिया दोस्रो, नेपाल तेस्रो र कतार चौथो स्थानमा छ । कुवेतले एक अंक बनाएको छ । नेपालको छनोट यात्रा आफ्नो लगातार जितसँगै अरुको नतिजामा समेत भर पर्नेछ । त्यसैले नेपाललाई राम्रो रन रेटसहित जित निकाल्न आवश्यक छ ।

तुलनात्मक रुपमा कमजोर टोली कतारसँगको हारपछि नेपाललाई अन्य खेलमा गर या मरको अवस्था आएको हो ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।