डा. भट्टराई भन्छन : गृहमन्त्रीको भनाइ महिला अस्मिताप्रति संवेदनहीन

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला पन्तको हत्या प्रकरण समकालीन नेपालको अत्यन्त लज्जास्पद घटना भएको बताएका छन् ।
उनले सामाजिक संजालमा आफो विचार राख्दै गृहमन्त्री बादलले निर्मला हत्याकाण्डको बारेमा गरेको हलुका टिप्पणीप्रति असहमति जनाउंदै लज्जास्पद भएको भनेका छन् ।
उनले बिहान ट्विट गर्दै भनेका छन्,‘‘निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पूरा हुँदा अपराधीको अत्तोपत्तो नलाग्नु समकालीन नेपालको अत्यन्त लज्जास्पद घटना हो । झन् यस्ता घटना भइरहन्छन् भन्ने गृहमन्त्रीको भनाइ महिला अस्मिताप्रति हाम्रो राज्य–समाज कति संवेदनहीन छ प्रष्ट हुन्छ । निर्मला निम्ति न्यायको आवाज जारी राखौँ ।’’

