काठमाडौंमा समेत भूकम्पको धक्का - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

काठमाडौंमा समेत भूकम्पको धक्का



काठमाडौं– दोलखाको सिंगटी केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपरान्ह ५ बजेर ५८ मिनेट जाँदा सिंगटी केन्द्रबिन्दु भएर सो भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो ।

भूकम्पको धक्का दोलखासहित रामेछाप, काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।