भारतलाई योगेश भट्टराईको कडा चेतावनी - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

भारतलाई योगेश भट्टराईको कडा चेतावनी



काठमाडौं– नेकपा नेता योगेश भट्टराईले नेपालीहरु डुबानमा परिरहेको अवस्थालाई नजरअन्दाज नगर्न कडा चेतावनी दिएका छन् ।

संसदमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा उनले भारतले बनाएका संरचनाका कारण तराई–मधेश डुबानमा परेको उल्लेख गरे।  उनले भने, ‘मित्र राष्ट्र (भारत)ले बनाएका कतिपय संरचनाका कारण तराई–मधेश डुबेको छ । धनजनको क्षति भएको छ । यसलाई नजरअन्दाज नगर्न मित्र राष्ट्र भारतलाई आग्रह गर्दछु।’

भारतीय  संरचनाका कारण नेपाल डुबानमा परेको विषयलाई लिएर उच्च कुटनीतिक प्रयास गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन्। कांग्रेस नेता मिनेन्द्र रिजालले बाढीपहिरोका विषयमा राखेको सार्वजनिक महत्वको प्रस्तावमा उनले समर्थन जनाएका छन्। 
भूकम्पछि सवै दल एक ठाउँ आएजस्तै अहिले पनि एक भएर विपद् विरुद्ध लड्न उनले आग्रह गरेका छन् । 

अवरुद्ध भएको प्रतिनिधी सभा बैठक आज सुचारु गर्न सहमत भएकामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरु धन्यवाद दिए । साथै उनले भने, ‘ संसद अवरुद्ध नभएको भए यो महत्वपूर्ण  विषयमा १० दिनअघि नै छलफल गरेर साझा धारणा बनाएर अघि बढिसकेका हुन्थ्यौं।’ 

बाढी र डुबानपछि नेपाल सरकारले तदारुकता देखाएको भन्दै प्रशंसा गरे । तुरुन्तै मन्त्री परिषद्को बैठक बसेर उद्धार गर्ने, अवरोध हटाउने र क्षतिपूर्ति दिने निर्णय गरेको  भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिए ।