बेन स्टोक्सले अवार्ड अस्विकार गर्दै भने : विलियमसन यसको हकदार हुन् - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

बेन स्टोक्सले अवार्ड अस्विकार गर्दै भने : विलियमसन यसको हकदार हुन्



एजेन्सी- २०१९ विश्वकप फाइनलमा प्लेयर अफ द म्याच चुनिएका इंग्ल्याण्ड अल-राउण्डर बेन स्टोक्सले ‘न्युजिल्याण्डर अफ द एयर’ सम्मान लागि आफ्नो चयनलाई अस्विकार गरेका छन्। २८ वर्षीय स्टोक्सले फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्ने क्रममा अविजित ८४ रन बनाएका थिए।

स्टोक्सले अवार्डको हकदार न्युजिल्याण्ड कप्तान केन विलियमसन रहेको र उनि युवाहरुको लागि प्रेरणाको श्रोत भएको बताएका छन्।

“न्युजिल्याण्डर अफ द एयरको लागि चयन हुँदा निकै खुसि लागेको छ। म मेरो न्युजिल्याण्ड प्रति गर्व गर्छु तर पनि म यस्तो गरिमामय अवार्डको लागि चयन हुनु सहि हैन। अरु धेरै व्यक्तिहरु छन् जसले न्युजिल्याण्डको लागि धेरै गरेका छन् र यो अवार्डको हकदार छन्”

म महसुस गर्छु कि पुरा न्युजिल्याण्डले केन विलियमसनलाई साथ दिनु पर्छ। उनलाई किवी लेजेण्डको रुपमा लिनु पर्छ। उनि प्रतियोगिताकै उत्कृस्ट खेलाडी भएका थिए र युवाहरुको लागि प्रेरणादायी छन्। हरेक परिस्थितिमा उनले विनम्रता देखाएका छन्। उन्मा पक्का न्युजिल्याण्डर हुने व्यक्तिगत रहेको छ। उनि यो अवार्डको हकदार छन् र मेरो भोट पाउनेछन्”

न्युजिल्याण्डको जनताले देशको लागि उत्कृस्ट योगदान दिने व्यक्तिगतलाई प्रत्येक वर्ष यो अवार्डको लागि चुन्दै आएका छन्। यस अघि न्युजिल्याण्ड रब्गी युनीएनका कप्तान रिची म्याकाउ, फिल्मनिर्माता टेक वाईतिती र मानसिक स्वास्थ अभिएन्ता माइक किंगले यो अवार्ड पाएका थिए।

इंग्ल्याण्ड राष्ट्रिय टिमको लागि खेले पनि स्टोक्सको जन्म न्युजिल्याण्डमा भएको थियो। १२ वर्षको उमेर देखि उनि इंग्ल्याण्डमा बस्न थालेका थिए। उनका पिता गेरार्ड स्टोक्स रग्बी लिग खेलाडी र प्रशिक्षक थिए। इंग्ल्याण्डको रग्बी लिगमा स्टोक्सका पितालाई प्रशिक्षक चयन गरे पनि स्टोक्स पितासंगै इंग्ल्याण्ड पुगेका थिए। २०१३ मा स्टोक्सको परिवार इंग्ल्याण्ड छोडेर न्युजिल्याण्ड गएका थिए। सन् २०११ मा स्टोक्सले इंग्ल्याण्डको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा आयरल्याण्ड बिरुद्ध डेब्यु गरेका थिए।

विश्वकपमा इंग्ल्याण्ड पराजित भए पछि स्टोक्सका बुवा र आमाले एक अन्तर्वार्ताको क्रममा छोराको जितमा खुसि भएता पनि न्युजिल्याण्ड पराजित हुँदा भने दुख व्यक्त गरेका थिए।