ज्ञानेन्द्र मल्लले बनाए नयाँ कीर्तिमान - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

ज्ञानेन्द्र मल्लले बनाए नयाँ कीर्तिमान



काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा मलेसियाले नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

इण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । र, मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाएका छन् ।

टिमको कप्तानी गरिरहेको मल्लले २१ बलमा ५१ रन जोड्दै नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाए । मल्ल ५१ रनमा क्याच आउट भए ।

यसअघि विनोद भण्डारीले मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।

योसँगै मल्ल टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने पाँचौ खेलाडी बनेका छन् । यसअघि नेपालका कप्तान पारस खड्का, विनोद भण्डारी, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।