आजको खेलमा पारस नहुने - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

आजको खेलमा पारस नहुने



काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको मलेसियाविरुद्वकाे खेलमा नेपाली टिमका कप्तान पारस खड्का नखेल्ने भएका छन् । सिंगापुरमा जारी प्रतियोगिताको दोस्रो खेलमा कप्तान पारस मैदान नउत्रने भएका हुन् ।

उनले कतारविरुद्वको खेलमा चोट बोकेका थिए । सोही कारण उनी दोस्रो खेलमा नखेल्ने सम्भावना बढि थियो ।

नेपालले निकै महत्वपुर्ण खेलमा मलेसियाविरुद्व प्रतिस्पर्धा गर्दैछ । अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राख्न मलेसियाविरुद्वको खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा खेल सुरु हुनु अघिनै पानी गरेको छ । जसले गर्दा खेल प्रभावित हुने संकेत देखिएको छ । बर्षाले खेल प्रभावित भएमा दुवै टिमले अंक बाँड्नेछन् ।

त्यसको प्रत्यक्ष असर नेपाली टिमलाई पर्नेछ । तालिकाको पुछारमा रहेको नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना ज्यादै न्युन हुनेछ ।

नेपाल र मलेसियाले प्रतियोगितामा एक एक खेल खेलेका छन् । मलेसियाले पहिलो खेलमा कुवेतलाई पराजित गर्दै शुखद सुरुवात गरेको थियो । नेपाल भने कमजोर मानिएको कतारसंग ४ विकेटले पराजित भएको थियो ।

हालसम्म टी–ट्वान्टीमा नेपाल र मलेसियाबीच ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल हाबी देखिन्छ । नेपालले ५ खेलमा जित हात पारेको छ भने मलेसियाले १ खेल जितेको छ ।