नेपाली टोली सङ्कटमा : पारस खड्का घाइते - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

नेपाली टोली सङ्कटमा : पारस खड्का घाइते



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले कतारसँग हार बेहोरे लगत्तै अर्को झट्का लागेको छ । टोलीका कप्तान पारस खड्का घाइते भएका छन् ।

आईसीसी टि-२ विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा कतारविरुद्ध खेल्दै गर्दा उनि घाइते भएको बताइएको छ । घाइते भएपछि दोस्रो खेलमा नखेल्ने सम्भावना रहेको छ । यसरी पहिलो खेलमा कतारसँग पराजित नेपाललाई अर्को झट्का लागेको हो ।

कतारविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको साझेदारीमा राम्रो सुरुवात पाएको थियो। तर पारसले खेल सुरु गरेलगत्तै उनको ढाडमा समस्या आएक बताइएको छ ।

पारसलाई यो भन्दा अगाडी पनि ढाडको समस्या थियो । उनको ढाडको समस्या नयाँ भने होइन । यसअघि उनी लामो समय उक्त समस्याबाट पिडित रहेका थिए ।

यसपटक भने समस्या सामान्य रहेको र केहि विश्रामपछि ठिक हुने उनले बताएका छन् । उनी भोलि खेल्ने वा नखेल्ने टुंगो भने लागिसकेको छैन ।

यहि कारणले पारसले भोलिको खेल गुमाउने सम्भावना छ । पारस एक उत्कृष्ट टोली नेता हुन् । उनले मैदानमा हुँदा रन जोड्ने मात्र नभएर टोलीको हौसला बढाउने र उचित निर्णय लिन सक्छन् । पारस मैदानमा नहुँदा टोलीको प्रदर्शनमा पक्कै असर पर्नेछ ।

पारसले बुधबार मलेसियाविरुद्ध खेल गुमाएको खण्डमा बिहीबार र शुक्रबार पनि विश्राम लिनेछन् । नेपालले अन्तिम दुई खेल शनिबार र आइतबार आयोजक सिंगापुर र कुवेतसँग खेल्नेछ ।

पारसले बुधबार मलेसियाविरुद्ध खेल गुमाएको खण्डमा बिहीबार र शुक्रबार पनि विश्राम लिनेछन् । नेपालले अन्तिम दुई खेल शनिबार र आइतबार आयोजक सिंगापुर र कुवेतसँग खेल्नेछ ।