बादलले भने : निर्मला हत्याकाण्ड जस्ता घटना देशमा भैरहन्छन - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बादलले भने : निर्मला हत्याकाण्ड जस्ता घटना देशमा भैरहन्छन



काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला हत्याकाण्ड जस्ता घटना देशमा भैरहने बताएका छन् । यो घटनाको अनुसन्धान जारी रहेको पनि उनले जनाए ।

गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सम्झौताविपरीत काम गर्ने १८ सय ठेकेदारलाई कारबाही तयारी भइरहेको जानकारी गराए।  बादलले ठेकेदारहरुमाथि कारबाही नरोकिएको पनि बताएका छन्।

ती ठेकेदारको कारबाहीका लागि अख्तियारमा फाइल पुगिसकेको उनको भनाइ छ।

नेत्रविक्रम चन्द विप्लवसँगको वार्ताबारे पत्रकारले राखेको जिज्ञासामा उनले औपचारिक पत्र आदानप्रदान नभए पनि अनौपचारिक ढंगले संवाद चलिरहेको बताए। विप्लव समूहका गतिविधि चुनौतीका रुपमा रहेको उनले स्वीकार गरेका छन्।