गृह मन्त्रालयका गाडी ‘ह्वील लक’ गरेका ट्राफिकलाई कारवाही - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

गृह मन्त्रालयका गाडी ‘ह्वील लक’ गरेका ट्राफिकलाई कारवाही



काठमाडौं। सडकमा जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडी ‘ह्वील लक’ गर्ने ट्राफिक प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।

सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीलाई एक हजारको चिट सहित महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान बुढा र कुमारले ह्वील लक गरेका थिए ।

आफ्नो डिउटी राम्रो संग निभाएको भन्दै द्वय ट्राफिक प्रहरी जवान बुढालाई सडकमै युवाहरुले सम्मान गरेको तस्बिर पनि केहि समय अघि भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीका जवानले गरेको कामको प्रसंसा र गृह मन्त्रालयका अधिकारीहरुलाई गाली आउन थालेपछि टिकाराम र कमलेशलाई स्पष्टिकरण सोधिएको छ ।

गृह मन्त्रालयले दबाब बढाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी शैलेस थापा क्षेत्रीको निर्देशनमा ट्राफिक महाशाखाले प्रहरी जवान टीकारा र कमलेशलाई ट्राफिक महाशाखामा बोलाएर स्पष्टिकरण सोधेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ ।