शशांक कोइरालाले भने : देउवालाई अब नरोकी हुन्न - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

शशांक कोइरालाले भने : देउवालाई अब नरोकी हुन्न



नेपालगञ्‍ज- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि नरोके पार्टी नसुध्रने बताएका छन् । उनले पार्टी सुधार्न नेतृत्व परिवर्तन अनिवार्य रहेको समेत बताएका थिए ।

३७औं वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बाँकेले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले पार्टीभित्र तीव्र गुटबन्दी रहेकाले पार्टीलाई सुधार्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताए।

महामन्त्री कोइरालाले सबै जना एकजुट भएर नेतृत्व परिवर्तन गर्नुपर्ने बताए। ‘तपाईहरु एकजुट हुनु भएन भने त शेरबहादुरजी फेरि आइहाल्नु हुन्छ नि, महामन्त्री कोइरालाले भने, मैले महामन्त्रीको हैसियतले यस्तो बोल्नु हुँदैनथ्यो कि पहिलो पटक बोले ।’

शुरुमा वीपी कम्युनिष्टप्रति आकर्षित भएको र पछि उनीहरुको सिद्धान्त बुझेपछि प्रजातन्त्रवादी भएको छोरा सशांकले स्मरण गराए। कोइरालाले सरकारले अधिनायकवाद लाद्न खोजेकाले डटेर सामना गर्न कार्यकर्तालाई निर्देशन दिए।

नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले केन्द्रमा गुटबन्दी हुँदा जिल्लामा त्यसको असर परेको बताइन्। उनले गुट उपगुटले गर्दा पार्टीलाई घाटा भएको स्मरण गराउदै सबै एकजुट हुन आव्हान गरिन्।

‘वीपीले विरोधीसँग पनि मिलेर काम गर्नु भएको थियो । अहिले हाम्रा नेताहरु आपसमै मिलेका छैनन्, बाँकेकी सभापति कोइरालाले भनिन्, नेता तथा कार्यकर्ता लोभीपापी भएका छन् । कुन नेताको नजिक भएर आशिर्वाद लिने होड चलेको छ । यस्तो तरिकाले कसरी पार्टी बलियो हुन्छ ?’