छवि ओझालाई अर्को तनाव : के हुन्छ अब ? - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

छवि ओझालाई अर्को तनाव : के हुन्छ अब ?



काठमाडौं । चर्चित निर्माता छविराज ओझालाई एकपछि अर्को गरेर तनाव थपिएको छ । कान्छी श्रीमती शिल्पा पोखरेललाई हिंसा गरेको आरोप लागेर प्रहरी प्रशासनसम्म पुगेका ओझालाई फेरि अर्को दुःख आईलागेको छ ।
आजमात्रै जेठी श्रीमती हेमा ओझाले छविविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेकी छिन् । उनले छवि र शिल्पा दुवैलाई विपक्षी बनाएर मुद्दा हालेको बुझिएको छ । हेमा र छविबीच २०४१ सालमा विवाह भएको जनाइएको छ। छवि नायिका रेखा थापाको पनि पूर्व पति हुन्। छविकी पूर्वपत्नी हेमा आज बहुविवाहको जाहेरी लिएर गौशाला प्रहरी वृतमा पुगेकी थिइन्।
शिल्पाले अब आफू कुनैपनि हालतमा छविको घरमा नफर्कने निश्कर्ष निकालिसकेका छन् । उनी अहिले आफ्ना दाजु पर्ने विकास रौनियार र भाउजु सम्झना रौनियारको घरमा बसिरहेकी छिन् ।