जब धनगढीको होटलमा विप्लवका कार्यकर्ता छिरे…

काठमाडौं । धनगढीको निलम होटलमा बम विस्फोट भएपछी एकाएक कोलाहल मच्चियो । स्थानीयहरू त्रसित बने, विस्फोटमा पाँच जना घाइते भए । केहीबेर सम्म के पड्कियो भन्ने अन्योल बढ्यो, सुरक्षा ब्यबस्था कडा पारियो ।
बिहिबार साँझको यो घटनाले देशभरी नै त्रास उत्पन्न भयो । समाचारका हेडलाइनले कठोर मोड लिए । पांच जना घाइते भएका खबर सर्वत्र भेटीए ।
पछि थाहा भयो विस्फोट भएको बस्तु बम थियो, जसबाट घाइते भएका पाँचै जनाको धनगढीस्थित मेट्रो अस्पतालमा अहिले उपचार भइरहेको छ । ति मध्ये २ जना नेत्रविक्रम चन्द विप्लव समुहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।
घाइते लक्ष्मण सेराला र राम सिंह दुबैजना विप्लव समूहका कञ्चनपुर जिल्ला सदस्य रहेको समेत खुलेको छ । घाइते हुनेहरूमा राम सिँह- बझाङ (विप्लब समूह),लक्ष्मण सेरला – बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव ( धनगढी ४ बोराडाँडी), केशवराज पाण्डे – होटल मालिक रहेको प्रहरीले जनाइएको छ ।
उनीहरुले उक्त बम पहाडतिर लैजाने तयारी गरेको बुझिएको छ । पहाड जानका लागि तयार भएका र खाना खान उक्त होटलमा छिरेका थिए । दुईजनामध्ये एकजनाले झोला भिरेका थिए । उक्त झोलामा भएको बम प्राविधिक त्रुटीवश पड्किएको जनाइएको छ ।
टिफिन बक्सको बीचमा प्वाल पारेर लैजाने क्रममा रहेको बम विस्फोट भएको प्रहरीले जानेको छ । घटनास्थलबाट नाइन एमएमको पस्तोलसमेत प्रहरीले बरामद गरेको छ ।

