दुर्घटनामा परी वडाध्यक्षको मृत्यु - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

दुर्घटनामा परी वडाध्यक्षको मृत्यु



बैतडी : बैतडीका एक वडाध्यक्षको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं १ का वडाध्यक्ष कलशबहादुर चन्दको मृत्यु भएको हो  ।

बिहीवार करिब साँझ ५ बजे सतबाँझबाट खोचलेकतर्फ जाँदै गरेका अध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आएको म २ प ६६३३ नम्बरको मोटरसाइकलसँग ठोक्किएपछी दुर्घटना भएको थियो ।

सुर्नया गाउँपालिका वडा नं २ सिन्केलेकमा मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनापछि वडाध्यक्ष चन्द गम्भीर घाइते भएका थिए । उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चन्दलाई मृत घोषणा गरिएको हो ।