गौरमा बिचल्ली : बन्धक बने स्थानीय, नेताहरुका घर डुबे - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

गौरमा बिचल्ली : बन्धक बने स्थानीय, नेताहरुका घर डुबे



अविरल वर्षाकारण  गौरसहित रौतहटका सबै क्षेत्र पूर्ण डुबानमा परेका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गौरस्थित घर पनि डुबानमा परेको छ। दुर्गाभवानीस्थित राजपा अध्यक्ष अनिलकुमार झा, प्रदेश २ का भूमि व्यवस्था मन्त्री जोगेन्द्र यादव, प्रदेश सभासद् बाबुलाल साह, गौरका मेयर अजय गुप्तालगायत हजारौं घर डुबानमा छन्।

दशगजामा भारतले बनाएको बाँधले पानी थुनेपछि गौर डुबानमा परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

गौरसहित रौतहटका दर्जनौं गाउँ डुब्दा स्थानीयको बिचल्ली भएको छ। घरबाट निस्कने अवस्था नभएपछि बन्धक बन्न बाध्य बनेका छन् । यातायात पूर्ण रुपमा ठप्प छ। बजार समेत खुल्ने अवस्था छैन ।