अझै ३ दिन देशभर अविरल वर्षा हुने : सतर्क रहन अपिल - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अझै ३ दिन देशभर अविरल वर्षा हुने : सतर्क रहन अपिल



काठमाडौं – मनसुन अति सक्रिय रहेका कारण अझै ३ दिनसम्म लगातार वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन न्यून चापीय रेखामा रहेका कारण यसको असर तराईका साथै मध्य तथा पूर्वी भूभागमा अझै वर्षा भइरहने सम्भावना रहेको विभागले जनाएको छ ।

शुक्रबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।

देशका पूर्व र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने पूर्वी तराई र मध्यपहाडी क्षेत्रमा पनि अति वर्षा हुने सम्भावना छ । यसैगरी, केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

अत्यधिक वर्षाका कारण देशका पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराईका नदीमा पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।