बनेपामा पहिरोले घर भत्कियो : हजुरआमा र नातिनीको मृत्यु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

बनेपामा पहिरोले घर भत्कियो : हजुरआमा र नातिनीको मृत्यु



फाइल तस्बिर

काठमाडौँ – अविरल वर्षाका कारण पहिरोले घर भत्किएपछि काभ्रेमा एकै घरका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको बनेपा नगरपालिका ३ नाला भन्ने ठाउँमा माथिबाट खसेको पहिरोले घर भत्किएपछि रामप्रसाद दंगालकी श्रीमती गोमा दंगाल र सात वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

घटनामा रामप्रसादकी बुहारी सुशिला दंगाल र तीन महिनाकी नातिनी अनुष्का घाइते भएको प्रहरीले जनाएको छ । फाइल तस्बिर