पहिरोले बूढीगङ्गा नदी थुनिने खतरा - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

पहिरोले बूढीगङ्गा नदी थुनिने खतरा



हिमालपोस्ट/काठमाडौँ

बाजुरा – लगातारको वर्षासँगै पहिरो खसेका कारण बाजुरा जिल्लाको सबैभन्दा ठूलो बूढीगङ्गा नदी थुनिएको छ।
वर्षासँगै नदीमा पानीको बहाव बढ्दै जाँदा र त्रिवेणी नगरपालिका – ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको हो ।

पहिरोले बूढीगङ्गा नदी थुनिएपछि नदी आसपासमा रहेका अछामको बूढाबगर र साँफेको बस्तीमा जोखिम बढेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले जानकारी दिए ।

पहिरोले बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने झोलुङ्गे पुल, दुवैतर्फको खेतीयोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको प्रमुख रावलले बताए । हिउँदको समयमा सुख्खा पहिरो बगे पनि त्यसले खासै असर गरेको नगरेको बताउँदै रावलले वर्षात्‌मा नदीमा पानीको बहाव बढ्ने भएपछि नदी थुनिने खतरासँगै फुटेर बस्ती नै जोखिममा रहने बताए । नदी थुनिने जोखिम बढेपछि स्थानीयबासिन्दालाई समेत सचेत गराइएको उनले बताए।