भुसालको संयोजकत्वमा कार्लमाक्र्स द्वीशतवार्षिकी समिति गठन - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

भुसालको संयोजकत्वमा कार्लमाक्र्स द्वीशतवार्षिकी समिति गठन



काठमाडौँ, पुस १४ गते । नेकपा (एमाले)का उपमहासचिव धनश्याम भुसालको संयोजकत्वमा कार्लमाक्र्स द्वीशतवार्षिकी समारोह राष्ट्रिय समिति गठन गरिएको छ । दुई दिनसम्म चलेको समारोह समितिको राष्ट्रिय भेलाले भुसाललाई संयोजकत्वमा ६१ सदस्यीय समिति गठन गरेको सदस्य समिर सिंहले जानकारी गराउनुभयो ।

उहाँका अनुसार समितिको सहसंयोजकमा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की तथा सदस्यहरुमा एमाले सचिवद्वय प्रदीप ज्ञवाली, योगेश भट्टराई, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला रहनुभएको छ । भेला यही पुस ११ र १२ गते दुई दिनसम्म काठमाडौँमा चलेको थियो ।

यसैगरी सदस्यमा वर्षमान पुन, नरेश भण्डारी, कोमल भट्टराई, शक्तिबहादुर बस्नेत, गरिमा शाह, नरेन्द्रजङ्ग पिटर, पद्मा अर्याल, ठाकुर गैरे, अरुण नेपाल, जीवनराम श्रेष्ठ, नरेन्द्र न्यौपाने, हिक्मत कार्की रामकुमारी झाँक्री, रचना खड्का, रुपा महर्जन, राजेन्द्र प्रधान, विजय पौडेल, विश्वनाथ प्याकुरेल, विश्वभक्त दुलाल, शत्रुहन महतो सावित्रा भूसाल, सुरेन्द्र मानन्धरलगायत हुनुहुन्छ । रासस