बाबुरामको प्रश्न – केका लागि थियो क्रान्ति
हिमालपोस्ट/काठमाडौँ
पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारप्रति लक्ष्यित गर्दै प्रश्न सोधेका छन् – क्रान्तिबाट सत्तामा पुगेका कामरेडहरू डराउनुको रहस्य के होला ?
हिजोका दिनमा यस्तो काम हुँदा आफूहरूले विरोध गरेको स्मरण समेत गराएका छन्। सर्लाहीमा कुमार पौडेलको मृत्यु नक्कली मुठभेडमा भएको र सरोज नारायण सिंहको टाउकामा गोली हानी हत्या गरिएको घटनाको छानबिन गर्न सत्ताधारीहरू डराएको उनको आरोप छ।
यस्तो छ उनको ट्वीट
सर्लाहीमा नक्कली मुठभेडमा कुमार पौडेल र प्रहरीको फायरिंगमा सरोज नारायण सिंहको टाउकोमा गोली हानी गरिएको हत्याको संसदीय छानवीन गर्न क्रान्तिबाट सत्तामा पुगेका कमरेडहरू डराउनुको रहस्य के होला?हिजो यस्तै घटना हुँदा तपाईंहामी सबैले विरोध गरेका हैनौं र,कमरेडहरू?यसैकालागि थियो क्रान्ति?
— Baburam Bhattarai (@brb1954) July 10, 2019