बस दुर्घटनामा ३ को मृत्यु १७ घाइते - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

बस दुर्घटनामा ३ को मृत्यु १७ घाइते



सोमबार बिहान ओखलढुङ्गामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। सो बस झापाको काँकडभिट्टाबाट सोलुखुम्बुका लागि हिँडेको थियो। मे १ ख १८९१ नम्बरको सो रात्रिबस मानेभञ्ज्याङ गाउँपालिका ६ डढुवामा आज बिहान साढे तीन बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा मृत्यु हुनेमा चालक झापाका कृष्णबहादुर बस्नेत (४५), सोलुखुम्बुकी माया थापा (५०) र सिन्धुलीका लालबहादुर धामी (३५) रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक किशोर दाहालले जानकारी दिए।

गम्भीर घाइते इलामकी अनिशा लिम्बु (२१), विपद व्यवस्थापन गुल्म झापा चन्द्रगढीका प्रहरी जवान मदन कट्टेल, बाँके कोहलपुर १ का कृष्ण गौतम, ओखलढुङ्गाका मित्र थापा, भारत गुहाटी घर भई सोलु हाइड्रोपावरमा कार्यरत सीता कार्की र महात्मा राईलाई उपचारका लागि काठमाडौँ‌ पठाइएको छ। अन्य ११ जनाको उपचार उदयपुरमा भइरहेको प्रहरीले जनाएको छ।

(फाइल फोटो)