प्रहरी र विप्लव समूहबीच गोलि हानाहान : प्रहरी सहित २ को मृत्यु
काठमाडौँ — नेपाल प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भोजपुरमा भिडन्त भएको छ । भिडन्तमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।
भोजपुरको सदरमुकाम नजिकै बुधबार बिहान ८ बजे भिडन्त भएको बताइएको छ । भिडन्तमा चन्द समूहका ओखलढुंगा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए ।
यस्तै उक्त घटनामाप्रहरी जवान सञ्जिव राईको छातीमा गोली लागेको छ।प्रहरी स्रोतले उनको मृत्यु भएको पुष्टि गरेपनि प्रहरीले आधिकारिक रुपमा घोषणा गरेको छैन।
प्रहरीलेचन्द समूहकोकार्यकर्ताको साथबाट एक थान लोडेड पेस्तोल समेत बरामद गरेको छ।

