आकस्मिक बैठकबाट बिचैमा बाहिरिए मन्त्री यादव - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

आकस्मिक बैठकबाट बिचैमा बाहिरिए मन्त्री यादव



काठमाडौं : सिंहदरबारमा मन्त्रिपरिषदको आकस्मिक बैठक चलिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव भने एकाएक बाहिरिएका छन् । बैठक चलिरहेकै बेला बिचैमा एक्कासि बाहिरिएपछि उनि मिडियाको सम्पर्कमा आउन चाहेका छैनन् ।

बिहानै बोलाइएको आकस्मिक बैठकमा मन्त्रीहरूलाई खाना खानेगरि बोलाइएको थियो । उनि बिचैमा खाना समेत नखाई निस्केको जनाइएको छ ।

भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका बारेमा कृषि मन्त्री र आपूर्तिमन्त्रीका कुरा बाझिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएका थिए।