अपडेट : भक्तपुरमा केन्द्रबिन्दू - यो पटकको भूकम्प फरक - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

अपडेट : भक्तपुरमा केन्द्रबिन्दू – यो पटकको भूकम्प फरक



काठमाडौं- काठमाडौंमा  शनिबार अपराह्न फरक किसिमको शक्तिशाली भूकम्पका धक्का महसुस गएको छ ।
अपराह्न ४ बजेर १५ मिनेटमा जमिनै हल्लाउने गरी भूकम्प गएको हो ।

भक्तपुरको दूधपाटीमा केन्द्रबिन्दू बनाएर ४.६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानेको छ ।

यसअघि भन्दा योपटक भूकम्पको फरक महसुस भएको छ । यसअघि जमिन दायाँबायाँ हल्लिने गरेकामा शनिबार तलबाट माथि उफारेको जस्तो महसुस भएको थियो ।

भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।

पानी परिरहेका बेला भूकम्प आएको थियो । मानिसहरु भूकम्पपछि आत्तिँदै बाहिर आएका थिए ।