भारतीय दबाबसामु झुक्यो नेपाल सरकार : यस्तो छ निर्णय - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

भारतीय दबाबसामु झुक्यो नेपाल सरकार : यस्तो छ निर्णय



काठमाडौं – भारतबाट भित्रने विषादीयुक्त तरकारीको चेकजाँच थालेकामा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकार उक्त निर्णयबाट पछि हटेको छ ।

भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँचमा खुकुलो गर्ने भएको हो । प्रधानमन्त्री केपी ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकमा सो सम्बन्धी ठाडो प्रीताव लगेका थिए । नेपालस्थित भारतीय दूतावासले बुधबार पत्राचारमार्फत सरकारलाई नाकामा तरकारी तथा फलफूलमा चेकिङ नगर्न दबाब दिएको थियो । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले विषादी चेकजाँच नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयसँग भारतीय तरकारीतथा फलफूलको विषादी चेक नगर्न भन्सार विभागले पत्राचार गरिसकेको छ । गत १० को. मन्त्रिपरिषद् बैठकले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा २ असारदेखि भारतीय तरकारीमा जेकजाँच थालिएको थियो ।