सुखड बजार सरसफाइ - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

सुखड बजार सरसफाइ



विशाल पाण्डेय / सुखड ।
घोडाघोडी नगरपालिका -१ सुखड बजारमा आज सरसफाइ गरिएको छ । सुखड बजारको चोक देखि भुकाली चोकसम्म संयुक्त रुपमा नाला तथा सडक सरसफाइ गरिएको हो ।

‘आफ्नो ठाउँ आफै सफा गरौं’ भन्ने उद्देश्यले विवेकशील साझा पार्टीका घोडाघोडि नगर संयोजक रमेश आचार्यको अग्रसरमा सरसफाइ गरिएको थियो ।

सरसफाइ कार्यक्रममा घोडाघोडि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह ,घोडाघोडी उद्योग वाणिज्य संघका पदाधिकारी , ईलाका प्रहरी कार्यालय सुखडका प्रतिनिधि , घोडाघोडि युवा क्लवका पदाधिकारी , सुनचाँदी व्यवसायी संघका पदाधिकारी , संयुक्त दलित जनजागरण संस्थाका पदाधिकारी , व्यापारी लगायतको सहभागिता रहेको थियो ।

व्यापारीहरुलाइ आफ्नो ठाउँ आफै सफा गरौ भन्ने सचेतना जगाउनको लागि सरसफाइको शुरूवात गरिएको विवेकशील साझा पार्टीका घोडाघोडि नगर संयोजक आचार्यले बताए । उनले सरसफाइका लागि हप्ता तथा महिनामा कम्तिमा पनि १ घण्टाको समय दिन व्यापारीहरुलाई आग्रह समेत गरेका छन् । सुखड बजार सरसफाइ अभियानलाई अब निरन्तरता दिने आचार्यले जानकारी दिएका छन् ।

बजार क्षेत्र सफा राख्न, आफ्नो पसलबाट निस्कने फोहोरको आफैँ व्यवस्थापन गर्न जिम्मेवार भएर लाग्नुपर्ने
घोडाघोडि नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए ।

सुखड बजारमा ढल निकासको व्यवस्थापन राम्रोसँग नहुदा सानो बर्षातमा नै बजार डुबान हुने र नाला नै दुर्गन्धित बन्दै गएको छ । घोडाघोडी नगरपालिकाले केही बर्ष अघि करिब ५० लाखको लागतमा चौलागाईं ट्रेडर्सदेखि भुकाली चोकसम्म ढल निकासको लागि नाला निर्माण गरेपनी निकासी नपाउदा दुर्गन्धित भइ व्यापारीहरु आजित बनेका थिए । अहिले पुन घोडाघोडी नगरपालिकाले उक्त ढल निकासाको लागि नाला निर्माणकार्य सुरु गरेको छ ।