कारबाहीमा परे ‘प्रचण्ड’का घरबेटी - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

कारबाहीमा परे ‘प्रचण्ड’का घरबेटी



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ठेकेदार सारदाप्रसाद अधिकारी कारबाहीमा परेका छन् । सडक विभागले अधिकारीकाे कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई कारबाहीस्वरुप जरिवाना तिर्न लगाएकाे हाे ।

भक्तपुर नगरकोट सडक समयमै सम्पन्न नगरेकाे भन्दै साे सडक निर्माणकाे जिम्मा लिएका निर्माण व्यवसायी अधिकारीमाथि कारबाही गरिएकाेबताइएको छ ।

सडक निर्माणमा ढिलाइ गरेकाे आराेपमा विभागले उनलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना गराएको हो । साे सडक निर्माणका लागि तीनपटक म्याद थप गरिदिँदा पनि समयमै काम सम्पन्न नगरेको जरिवाना गरिएको विभागले जनाएकाे छ । अधिकारी ‘प्रचण्ड’का घरबेटी समेत हुन् ।

नगरकाेट जाने सडक दुई वर्षमा सक्नुपर्ने ठेक्का सम्झाैता भए पनि चार वर्ष सकिँदा समेत ५० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न नभएकाे जनाइएकाे छ ।