धोनीको सन्यासको हल्ला के हो ? - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

धोनीको सन्यासको हल्ला के हो ?



हिमालपोस्ट/काठमाडौँ

बुधबार मिडियाका रिपोर्टहरूले अहिलेको विश्वकप पछि महेन्द्रसिंह धोनीले अवकाश ग्रहण गर्ने अनुमान व्यक्त गरे। महेन्द्रसिंह धोनीको अवकाश ग्रहण आशङ्का मात्र हो र यसको कुनै आधिकारिक वक्तव्य आएको छैन।

धोनी भारतका सबैभन्दा सफल कप्तान हुन र उनले टि-ट्वान्टी वर्ल्ड कप, वान डे इन्टरनेसनल कप र च्याम्पियन्स ट्रफी जिताएका छन्।

धोनी २०१४ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए र जनवरी २०१७ मा भारतको सीमित-ओभर कप्तानी पनि छाडेका थिए। त्यसबेला देखि उनी सानो समूहका टिमहरूको महत्त्वपूर्ण सदस्य रहँदै आएका छन्।

प्रेस ट्रस्ट अफ इन्डियाले चालू विश्वकपको खेल महेन्द्रसिंह धोनीको अन्तिम खेल हुनसक्ने कुरा रिपोर्ट गऱ्यो। यद्यपि, आधिकारिक पुष्टि भने प्राप्त भएको छैन।

पिटिआइको रिपोर्टले बुधबार उल्लेख गऱ्यो – “यदि भारत फाइनलमा पुग्यो र जुलाइ १४ मा हुने वर्ल्ड कप जित्यो भने, सो भारतीय क्रिकेटका लिजेन्डहरू मध्ये एकलाई क्रिकेटबाट सन्यास लिनका लागि आदर्श मञ्च हुनेछ।”

पिटिआइले वरिष्ठ बिसिसिआइ अधिकारीलाई नाम नबताउने सर्तमा उल्लेख गर्दै भन्यो, “एम एस धोनीका बारेमा केही भन्न सकिँदैन। तर यस विश्वकप पछि भारतका लागि उनले खेल्ने सम्भावना छैन। तर तीनवटा टोलीको कप्तानीबाट हट्ने उनका निर्णहरू अचानक भएका कारण, यसै भन्न सकिने अवस्था छैन।”

पिटिआइले टोली व्यवस्थापन वा बिसिसिआइबाट धोनीको सन्यास बारे केही आएको छैन।

(एजेन्सी)