योगेशले भने : दीपक मनाङ्गे पार्टीका लागि ठिक होइनन - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

योगेशले भने : दीपक मनाङ्गे पार्टीका लागि ठिक होइनन



काठमाडौंं। नेकपा स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराइले दीपक मनाङ्गे नेकपा प्रवेश गराएकोप्रति आपत्ति जनाएका छन् ।

आपराधिक पृष्ठभूमिका दीपक मनाङ्गे बिहीबार नेकपा प्रवेश गरेपछि उनले यस्तो आपत्ति जनाएका हुन् ।

रसिया भ्रमणमा रहेका भट्टराईले ट्विटरमा लेखेका छन् । “राजनीतिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौँ ? कस्ता कस्ता ल्याउँदै छौँ ? परिणाम के भैरहेको छ ? राम्ररी विचार गरौ है !”

गण्डकी प्रदेशसभाका सदस्य रहेका मनाङ्गेले अदालतबाट सफाइ पाइसकेका छन् । मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदका रूपमा प्रदेशसभाका निर्वाचित भएका थिए । उनलाई तत्कालीन नेकपाको सहयोग थियो ।