हातेमालो द्वारा गरिब तथा विपन्न वर्गलाई लत्ता कपडा संकलन एवं वितरण कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

हातेमालो द्वारा गरिब तथा विपन्न वर्गलाई लत्ता कपडा संकलन एवं वितरण कार्यक्रम सम्पन्न



हिमाल पोष्ट/नयाँ दिल्ली पुस १२

भारतको नयाँ दिल्लीमा रही अध्ययन गरीरहेका  नेपाली विद्यार्थीहरुको  संगठन “हातेमालो नेपाली विद्यार्थी समूहले”आईतबार  गरिब तथा विपन्न वर्गहरुका लागी “लत्ता कपडा संकलन एवं वितरण कार्यक्रम” सम्पन्न गरेको छ ।

“सेवा नै सबै भन्दा ठुलो धर्म हो” भन्ने मुल नाराका साथ साथ लत्ता कपडा संकलनबाट सुरुवात गरीएको सो कार्यक्रममा लक्ष्मीनगरमा रही सी.ए अध्ययन गरीरहेका सबै विद्यार्थीहरुको तथा दिल्लीको विभिन्न ठाँउमा रही अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरूको निकै नै सराहनीय एवं सहयोगी हात रहेको थियो ।15781881_738939112924162_203797832_n

विशेषत: नोवेम्बेर देखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रुपमा असक्षम , मजदुर एवं विपन्न वर्गहरुलाई रात कटाउन निकै नै असहज स्थिति सिर्जना गरी नकारात्मक असरहरु  गर्ने गरेको छ । सोहि कुरालाई ध्यानमा राख्दै खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवार र तीनका बाल बच्चाहरुलाई राहत दिने उद्देश्यले हरेक वर्षझैँ सो कार्यक्रमलाई यस साल पनि निरन्तरता दिइएको सँगठनका सचिव सन्देश रुपाखेतीले जानकारी दिनुभयो।

“सहानुभूतिमा मात्र सिमित नभई उदारता र मानवता देखाउनु मानवीय कर्तव्य हो” भन्ने मुल मन्त्र साथमा सुरु गरिएको सो कार्यक्रममा सबै सहयोगी हातहरुबाट संकलन भएका न्यानो र प्रयोग योग्य लत्ताकपडाहरु वितरण गरीएको थियो । कार्यक्रमका संयोजक अनिश श्रेष्ठका अनुसार विभिन्न विद्यार्थी एवं सहयोगी उदार मनबाट संकलन गरिएका ५७७ थान लत्ताकपडाहरुलाई हातेमालोका प्रतिनिधि साथीहरुले दिल्लीको कश्मिरी गेटको हनुमान मन्दिर परिसरमा ४२७ थान बाँडेका थिए भने १५० थान लत्ताकपडाहरुलाई लक्ष्मीनगर वरपरका ठाँउहरूमा वितरण गरिएको थियो ।  उक्त  लत्ताकपडा पाएका व्यक्तिहरुका मुहारमा धेरै पछि उदाएका दन्त्र लहरहरुले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रम गर्नका लागि प्रेरणा मिलेको उपस्थित व्यक्तिहरुको प्रतिक्रिया थियो । “हातेमालो नेपाली विद्यार्थी समूह” विद्यार्थीहरूको हकहितका कार्यक्रमहरूका साथसाथै अन्य समाजिक कार्यहरूमा पनि विगत लामो समय देखि निरन्तर रूपमा क्रियाशिल रहेको छ।