नेपाली विद्यार्थीका लागि घट्यो अमेरिकी भिसा शुल्क - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

नेपाली विद्यार्थीका लागि घट्यो अमेरिकी भिसा शुल्क



अमेरिकाले नेपालबाट अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीका लागि भिसा शुल्क घटाएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले भिसा शुल्क घटाइएको जानकारी दिएको छ । नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता इस्युएन्स’ शीर्षकमा लिदै आएको २०० अमेरिकी डलर छुट दिने निर्णय दूतावासले गरेको हो।

दूतावासले यो निर्णय जुलाई १ देखि लागू गर्ने भएको छ । ‘१ जुलाई २०१९ देखि अमेरिका अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीहरूले २०० डलर भिसा पारस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने छैन’, दूतावासले भनेको छ, ‘आवेदन तथा सेभिस शुल्क चाहिँ लाग्नेछ।’

दूतावासको यो निर्णयसँगै अब अमेरिका जाने नेपाली विद्यार्थीको भिसा शुल्क ५० प्रतिशतले कमी हुनेछ। दुवै देशले भिसा नीति परिमार्जन गरी पारस्परिक बनाएसँगै विद्यार्थी भिसाको शुल्क कटौती भएको हो ।

यसअघि अमेरिका पढ्न जाने नेपाली विद्यार्थीहरूसँग दूतावासले ३६० अमेरिकी डलर शुल्क लिँदै आएको थियो । यसमा १६० भिसा शुल्क र विद्यार्थीका लागि थप २०० डलर थियो ।