घरमा बसिरहेका बेला सरकारले गोली चलाएको विप्लवको आरोप - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

घरमा बसिरहेका बेला सरकारले गोली चलाएको विप्लवको आरोप



काठमाडौं- संखुवासभामा सोमबार सरकारले आफ्नो कार्यकर्तामाथि प्रहरी दमन गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

सोमबार साँझ विप्लव नेतृत्वको माओवादी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संखुवासभाको सिललिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका बेला नेता-कार्यमाथि केपी ओली बादल गर्ह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ। पार्टी भत्सना गर्दछ।’

यस्तै सरकारले उक्त क्रियाकलाप नरोके आफ्नो पार्टीले प्रतिरोध गर्ने समेत विज्ञप्तिमा उल्लेख गरेको छ।