लोकसेवाको विज्ञापन रद्द गर्ने माग - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

लोकसेवाको विज्ञापन रद्द गर्ने माग



काठमाडौँ –

लोकसेवा आयोगको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै रद्द गर्नुपर्ने माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।  लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा ९ हजार १ सय ६१ जनाको खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो।

आदिवासी जनजाति र दलित समुदायका अगुवाले सो विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै माइतीघर मण्डलामा दुई घण्टा प्रदर्शन गरेका हुन्। उनीहरूले सो विज्ञापन रद्द गरी आरक्षण सुनिश्चित गरिएको विज्ञापन पुनः प्रकाशित गर्नुपर्ने समेत माग गरेका छन्।