जम्मु कश्मीरमा मिनिबस खस्दा ३३ को मृत्यु - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

जम्मु कश्मीरमा मिनिबस खस्दा ३३ को मृत्यु



भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।

किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुवाहक बस खोंचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए।

केशवनबाट आइरहेको यात्रुवाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोंचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताए।

घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ ।

(रासस-एएनआई)