टोपबहादुर भन्छन् : नेतृत्वकै कुरा पत्याउन गाह्रो भयो - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

टोपबहादुर भन्छन् : नेतृत्वकै कुरा पत्याउन गाह्रो भयो



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले आलोपालो प्रधानमन्त्री बन्ने सहमति संस्थागत र औपचारिक रुपमा पार्टीको कुनै पनि कमिटिमा नआएको जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै नेता रायमाझीले अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीचमा भएको सहमतिले कुनै दिन औपचारिक रुपमा पार्टीमा प्रवेश गर्ने बताए ।

पार्टीभित्र औपचारिक रुपमा जानकारी नगराएसम्म उक्त विषयमा टिप्पणी गर्न आवस्यक नरहेको पनि उनले बताए । आलोपालो प्रधानमन्त्री बन्ने विषय मिडियामा सुनेको भन्दै उनले दाहालले त्यसको केही दिनपछि फेरी केपी ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हो भनेकाले आफूहरु यस विषयमा केही टिप्पणी नगर्ने बताए ।

“कुन कुरालाई पत्याउनुहुन्छ ? कहिले आलोपालोको कुरा सुनिन्छ, कहिले पाँच वर्षको कुरा सुनिन्छ । हामीले के पत्याउने ?” रायमाझीले भने ।

तर आलोपालोको सहमति भएकै हो भने चाँही कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

नेता रायमाझीले पार्टी एकताका मूलभूत र आधारभूत कामहरु सकिएको दावी गरेका छन् । नेता रायमाझीले भारतको आइफा अवार्डलाई सरकारले गर्ने भनेको सहयोगको विषयमा पार्टीभित्र छलफल गरिने उनले बताए ।