कैलालीको मोहन्यालमा पनि मनाइयो १६ औं धान दिवस - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

कैलालीको मोहन्यालमा पनि मनाइयो १६ औं धान दिवस



मोहन्याल । कैलालीको मोहन्याल गाउँ पालिका वडा नं ७ को आयोजनामा ओखडेकोट मा १६औं धान दिवस मनाइको छ । मोहन्याल गाउँ पालिका र बैकल्पिक उर्जा ललितपुरको साझेदारिमा कर्णाली नदि बाट ७५ किलो वाट क्षमता लिप्ट सिचाइ सुबिधा पुगे पछि करिब ५ दशक पछि मात्र उक्त गाउँमा धान दिवसको अबसरमा धान रोपाइ गरिएको हो । गाउँ पालिका का अध्यक्ष नवल सिंह रावलले जिवनको ७६ बर्षे यात्रा र राजनीति र स्थानीय तह को ४६ बर्ष को यात्रामा धान दिवस मा सहभागी हुन पाउँदा खुशी लागेको बताए ।

आफू निरन्तर कृषि क्षेत्र को बिकास का निम्ति निरन्तर लागि रहेको र मोहन्याल गाउ पालिकाका सबै गाउँ बस्तीमा किसान कृषिमा आत्मनिरभर हुन भनेर मोहन्याल गाउँ पालिका अध्यक्ष कृषि आधुनिक परियोजना लागू गरि मोहन्याल का सबै गाउँ बस्तीमा सिचाइ सुबिधा पुर्याइ सक्ने अध्यक्ष रावलले बताए । लिप्ट सिचाइ योजना लाई निरंतरता दिई गाउँ बस्ती ब्यबस्थित ,किसानका मागलाई पूरा गर्न कुनै कसर बाकी नराख्ने वडा नं ७ का अध्यक्ष खर प्रशाद अधिकारी ले बताए ।

बिक्रम सम्बत २०१८ बाट मानब बस्ती बस्न सुरु गरिएको ओखडेकोट गाउँ पुर्ब मा बादेखोला ,पश्चिममा तिउली खोला उत्तरमा कर्णाली र दक्षिण चुरे पहाड तीन वटा नदिको संगम ,टापुमा अबस्थित गाउँ हो ओखडेकोट । अहिले करिब १ सय २० घर बसोबास गर्दै आइरहेका छन् । मोहन्याल गाउँ पालिका को सबभन्दा उचाइमा र सुख्खा जमिन भएको गाउँमा पर्ने उक्त ठाउँमा उर्वरा ,बलौटे माटो ,सधै आकासे पानी को भरमा खेती गर्नु पर्ने ,आकासेपानी पनि समयमै न परे बाझै रहने बाध्यता अन्त भएको कृषक कमल बोहराले बताए ।