सर्लाहीमा प्रहरीको गोली लागेर एकको मृत्यु
सर्लाही । सर्लाहीको ईश्वरपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रदर्शनकारीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोही घटनामा ८ प्रहरी र ३ जना प्रदर्शनकारीसहित ११ जना घाइते भएका छन् ।
प्रहरीको गोली लागेर मत्यु हुनेमा २७ बर्षे केवल महतो रहेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन् गर्दा बनेको खाल्टोमा शनिवार डुबेर एक बालकको ज्यान गएपछि स्थानीयले त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका थिए ।
शनिबार ईश्वरपुर नगरपालिका वडा नम्बर १३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको खाल्डोमा डुवेर मृत्यु भएको थियो । खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्ति माग गर्दै स्थानीयले राजमार्ग अबरुद्ध गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनकारीको बाललको शब सहित प्रदर्शन गरेका थिए ।