सडकमा रोपाइँ - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

सडकमा रोपाइँ



विर्तामोड –

सडक बेलामा मर्मत नभएको विरोध गर्दै विर्तामोडस्थित भद्रपुर रोडमा स्थानीय बासिन्दाले सडकमै धान रोपेका छन्। झापाको सदरमुकाम भद्रपुर जाने सडक लामो समयदेखि जीर्ण भएको थियो। यसैप्रति आक्रोश पोख्‍न स्थानीयले सडकमा धान रोपेका हुन् ।

स्थानीयहरू आइतबार बिहानै धान रोप्‍न सडकमा उत्रिएका थिए। कैयौँ महिनादेखि समयदेखि भद्रपुर रोड बिग्रेर हिँडिनसक्नु भएकाले सरकारको कामलाई व्यङ्ग्य गर्दै सडकमा धान रोपेको स्थानीयले बताएका छन्। सडकमा रोपाइँ गरेपछि असार १५ मनाउन उनीहरूले दही चिउरा पनि खाएका छन् ।