फोहोर थुप्रिएपछी दुर्गन्धित बन्यो काठमाडौं : महामारी फैलन सक्ने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

फोहोर थुप्रिएपछी दुर्गन्धित बन्यो काठमाडौं : महामारी फैलन सक्ने



काठमाडौं – लामो समयदेखि फोहोर थुप्रिंदै गएपछि पुरै काठमाडौं उपत्यकामा महामारी फैलने सङ्केत देखिएको छ । फोहरकै कारण  काठमाडौं उपत्यका अस्तव्यस्त मात्रै बनेको छैन कुरूप र दुर्गन्धित पनि बनेको छ ।

नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि लामो समयदेखि फोहोर व्यवस्थापन गर्न कठिन बनेको छ ।उपत्यकाको फोहोर फाल्ने गरिएको उक्त स्थानमा स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरू विभिन्न माग राख्दै फोहर फाल्न रोकेपछि यस्तो अवस्था सृजना भएको हो ।

फोहोर थुप्रिएका कारण काठमाडौं उपत्यकामा दुर्गन्ध फैलिएको छ। जसबाट गम्भीर खालका रोग फैलन सक्ने खतरा बढेको चिकित्सकले बताएका छन्।

प्रतिकूल मौसम तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा रहेको चिकित्सकको भनाइ छ।

उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ। यस अवधिमा ५ हजार टनभन्दा बढी फोहोर जम्मा भइसकेकाे छ।