नुवाकोटमा प्रहरीसँग झडप

काठमाडौं – काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग राख्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको छ ।
झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी घाइते भएको जानकारी दिए । एक हप्तादेखि काठमाडौंको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएका छन् । फोहर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीको छलफल भइरहेको छ । (रासस) फाइल तस्बिर

