म प्रधानमन्त्री भएपछि काठमाडौँ मास्क लगाउन नपर्ने भयो : प्र.म. ओली - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

म प्रधानमन्त्री भएपछि काठमाडौँ मास्क लगाउन नपर्ने भयो : प्र.म. ओली



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ धुवाँ-धुलोमुक्त भएको जिकिर गरेका छन्। मदन भण्डारीको ६८ औँ जन्मजयन्तीको अवसरमा बोल्दै उनले काठमाडौँमा मास्क लगाएर हिड्नु पर्ने अवस्था अन्त्य भएको बताए।

“म प्रधानमन्त्री हुँदा आधा जनसङ्ख्या मास्क लगाएर हिँड्थे, अहिले कसैले मास्क लगाउँदैन। लगाउनुपर्दैन,” उनले भने।

उनले यस वर्ष इतिहासमै नभएको विकास भएको बताए। सात सयवटा झोलुङ्गे पुल बनेको उनको दृष्टान्त थियो। त्यस्तै काठमाडौँ सडकमा उल्लेख्य स्तरोन्नति भएको र दसैँसम्म सरकार आलोचना शून्य हुने बताए।

साढे सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बताउँदै नेकपाका अध्यक्षसमेत रहेका ओलीले आफ्ना कुरा तथ्यमा दाँज्न आग्रह गरे।