मेलमिलाप सम्बन्धि अन्तरक्रिया - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मेलमिलाप सम्बन्धि अन्तरक्रिया



विशाल पाण्डेय / सुखड ।
मेलमिलाप सम्बन्धि एक दिवसिय अन्तरक्रिया तथा न्यायमा बाह्य पहुँच कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा सम्पन्न भएको छ । कैलाली जिल्ला अदालतको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कैलाली जिल्ला अदालतका न्यायाधीश बिष्णु प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए । प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले कैलाली जिल्लाको हकमा धेरै मुद्दाहरु चौधरी समाजका मानिसहरूको रहेको बताए ।

चौधरीले अहिले स्थानीय सरकारले न्यायीक समिती संचालनमा आएपनी थाहा नपाएर प्रहरीको मै सबै मुद्दाहरू पुगेको बताए । स्वस्थ समाज निर्माणका लागि सबै लाग्नु पर्ने चौधरीले बताए । उनले भने , ” सबै मिलि द्वन्दहरुलाई निरुपण र मेलमिलापलाई रुपान्तरण गरि स्वस्थ समाजको निर्माण गर्नु आवश्यक छ ।”

अन्तरक्रिया कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं ३ का गणेश बिष्ट, वडा नं १० कि रिता चौधरी , गौरीगंगा नगरपालिकाकि न्यायिक समिती सदस्य अमृता विक ,घोडाघोडी क्याम्पसका अध्यक्ष सिद्ध राज आचार्य लगायका सहभागीहरुले घोडाघोडी नगरपालिका तथा अन्य पालिकाहरुमा भएका विभिन्न मुद्दाहरूको बारेमा जिज्ञासा राखेका थिए ।

प्राकृतिक स्रोत द्वन्द रुपान्तरण नेपालका जिल्ला संयोजक बल्लु चौधरीले संचालन गरेको कार्यक्रममा
कैलाली जिल्ला अदालतका न्यायाधीश कृष्ण प्रसाद नेपाल ,घोडाघोडी नगरपालिकाकि उप प्रमुख प्रेम कुमारी थापा , गौरीगंगा नगरपालिकाकि उप प्रमुख अन्चला चौधरी , बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष भगवती डगौरा थारु लगायतको उपस्थिति रहेको थियो ।