प्रचण्ड र देउवाको भेट : देउवा कड्किए, प्रचण्डले हाँसेर टारे
काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार साँझ भेटवार्ता भएको हो ।
दुई नेताको भेटमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको बताइएको छ ।ललितपुरस्थित समिट होटलमा भेटवार्ता भएको प्रचण्डनिकट नेताले जानकारी दिए ।
भेटवार्ताबारे प्रचण्ड निकट स्रोतका अनुसार यो भेट अनौपचारिक थियो । राजनीतिक भन्दापनि शान्ति प्रक्रियालाई कसरी टुंग्याउने भन्ने बिषयमा छलफल भएको स्रोतले जनाएको छ ।
तर, नेपाली कांग्रेसका एक नेताका अनुसार अनौपचारिक भनिएपनि यो भेट साङ्केतिक रुपमा राजनीतिक नै हो । प्रचण्डले बिहानै देखि देउवासँग भेट्न खोजेको तर देउवाले समय नदिएको कारण साँझमा मात्र भेट भएको पनि बताएका छन् ।
स्रोतका अनुसार प्रचण्डलाई भेटेपछि देउवा कड्किएका थिए, तपाईं धोकेवाज भेनेको तर प्रचण्डले भने हाँसेरै टारेका थिए । त्यतिमात्र होइन देउवाले काङ्ग्रेसले प्रचण्डको लागि के गरेको छैन भन्दै प्रश्न गरेका थिए । तर प्रचण्डले देउवालाई तपाईं यतिबेलाको मुख्य नेता नै हो अबका धेरै मुद्दा मिलाउने कुरा तपाईंको हातमा छन् । भनेपछि देउवा ‘कुल’ भएका थिए ।
केहिदिन अघि प्रचण्ड निवासमा बामदेव गौतम र कृष्णप्रसाद सिटौलाको गोप्य भेट भएको थियो । भेटमा लामो राजनीतिक छलफल भएको कुरा बाहिर आएको थियो । त्यसपछि भएको देउवा प्रचण्डको भेटलाई फरक तरिकाले पनि हेरिएको छ ।
यो पनि :
प्रचण्ड, वामदेव र सिटौलाको गोप्य बैठक
केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमापनि संक्रमणकालिन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो । सोही अनुसार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज देउवासँग भेटवार्ता गरेको एकथरीले बताएका छन् ।