२ लाख घुससहित पक्राउ परे डिभिजन सिँचाइ प्रमुख - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

२ लाख घुससहित पक्राउ परे डिभिजन सिँचाइ प्रमुख



कञ्चनपुर । सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अजित कुमार श्रीवास्तव
र ईन्जिनियर तथा सूचना अधिकारी ग्रिस्मा ठगुन्ना नगद दुई लाख घूस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कार्यालय प्रमुख श्रीवास्तव र इन्जिनियर ठगुन्नालाई कार्यालयबाटै आज पक्राउ गरेको हो ।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार श्रीवास्तवले भीमदत्त नगरपालिकामा पर्ने चौधर नदीको तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा दुई लाख कमिसन माग गरेका थिए । उनले कमिसनबापतको दुई लाख घूस रकम कार्यालयमा लिने क्रममा श्रीवास्तव र ठगुन्नालाई पक्राउ गरिएको बिष्टले बताए ।