एसईईको नतिजा प्रकाशन केहीबेरमा : यहाँ हेर्नुहोस नतिजा - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

एसईईको नतिजा प्रकाशन केहीबेरमा : यहाँ हेर्नुहोस नतिजा



काठमाडौं–

एसईईको नतिजा सार्वजनिक गर्न भक्तपुरको सानो ठिमीमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बिहीबार दिउँसो सुरु भएको छ।

बोर्डको बैठक सकिएपछि केहीबेरमा एसईईको नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जानकारी दिएको छ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट शुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

नतिजा प्रकाशन भएपछि १६०० मा डायल गरेर आफ्नाे नतिजा थाहा पाउन सकिने छ । त्यसका साथै एसएमएसबाट नतिजा थाहा पाउन सकिने छ । जसका लागि see<space>Symbol No. and send it to 1600 गर्नुपर्ने छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

वा यहाँ क्लिक गर्नुहोस:-

एसईईको नतिजा विवरण कसरी हेर्ने ?