'रसुवाली कवि' पक्राउ - विप्लवलाई सघाएको आरोप - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

‘रसुवाली कवि’ पक्राउ – विप्लवलाई सघाएको आरोप



काठमाडौं :  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई सघाएको आरोपमा ‘रसुवाली कवि’ लाई प्रहरीले पक्राउ गरेको छ।  ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिना हुन्, उनलाई प्रहरीले  प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडिबाट बुधबार पक्राउ गरेको हो।

रसुवाली कविलाई प्रहरीले गिरफ्तार गरेको जानकारी प्रगतिशील लेखक संघ नेपालका सल्लाहकार मातृका पोखरेलले दिए। पोखरेलअनुसार गैरन्यायिक हत्याविरुद्ध नेपाल ल क्याम्पसमा छलफलमा सहभागी भइरहेको बेला रसुवाली कविलाई प्रहरीले गिरफ्तार गरेको हो।

पत्रकार जन्मदेव कविको विनाशर्त रिहाइको माग गरेका छन्। रसुवाको कालिका गाउँपालिका-३ का बासिन्दा उनी केही समयदेखि काठमाडौंमै थिए रसुवाली कविलाई गत वैशाखमा पनि बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको थियो । उनलाई करिब २४ दिनसम्म हिरासतमा राखेपछि प्रहरीले रिहा गरेको थियो।