अछाममा ट्याक्टर दुर्घटना,तीन विद्यार्थीको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नंम्बर ३ शोकटस्थित आज बिहान कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको मृत्यु भएको छ । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् ।
मृत्यु हुने चौरपाटी गाउँपालिका वडा नम्बर२ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएको रमेश साउद, दशमल्ले माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिए । ट्याक्टर चालक भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य चार जना घाईतलाई अस्पताल पठाइएको छ ।

