यी ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम र पूर्वका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति देशैभरी आंशिकदेखि सामान्य बदली भइ देशका पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको बताईएको छ।

