बन्द लगत्तै विप्लवले भने : हामीबाट ओली सरकार अत्तालियो - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

बन्द लगत्तै विप्लवले भने : हामीबाट ओली सरकार अत्तालियो



काठमाडौँ : आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले गोली हानी हत्या गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृृत्वको नेकपाले गरेको बन्द सफल भएको दाबी गरेको छ ।

नेपाल बन्द सकिएपछि मंगलबार साँझ प्रेस विज्ञप्ति निकाल्दै नेकपाका महासचिव विप्लवले बन्द सफल भएको दाबी गरेका छन्। उनले आफ्नो पार्टीप्रति जनलहर बढिरहेकाले अत्तालिएको केपी ओली नेतृत्वको सरकार क्रान्तिकारी पार्टीमाथि दमनमा उत्रिएको दाबी गरेका छन्।

ओली सरकारले राष्ट्रघात र जनघातमा यसअघिका सरकारलाई पनि उछिनेको छ जिकिर गर्दै विप्लवले आफ्नो पार्टीले गरेको नेपाल बन्द सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिएका छन् ।

यसअघि ६ गते विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले देशलाई भयानक भिडन्ततिर धकेल्ने र सत्ता लम्ब्याउने बदनियतले निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिएर सरकारले हत्या गरेको दाबी गरेका थिए।

गैरन्यायिक हत्या ढाकछोप गर्न सरकारले भिडन्तको कथा सार्वजनिक गरेको उल्लेख गर्दै विप्लवले हत्या गरिएका कुमार पौडेललाई पार्टीको सहिद घोषणा गरेका थिए। उनले यो घटनाको क्रान्तिको प्रक्रियामा बदलालिने जनाउँदै सक्रिय रक्षामा रहन कार्यकर्तालाई अपिल गरेका थिए।