प्रचण्डले कांग्रेसका सयौं कार्यकर्तालाई नेकपा प्रवेश गराए - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

प्रचण्डले कांग्रेसका सयौं कार्यकर्तालाई नेकपा प्रवेश गराए



चितवन : नेपाली कांग्रेसका सयौं कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले उनीहरुलाई अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

नेपाली कांग्रेस र तरुण दल चितवनका  १३५ जना नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सबै युवाहरु नेकपामा गोलबद्ध भएमात्रै सोचेको समृद्धि प्राप्त हुने बताए।

भरतपुर महानगर प्रमुख रेनु दाहाल निवासमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले युवालाई देश जिम्मा लगाएर आफूहरु जाने बताए। प्रचण्डले मुलुकको समृद्धिका लागि नेकपा नेतृत्वको विकल्प नभएको पनि बताएका छन्।

उनले सबै युवालाई नेकपामा गोलबद्ध हुन पनि आग्रह गरेका छन । प्रचण्डले पार्टी प्रवेश गरेकालाई टीका र खादा लगाएर स्वागत गरे। नेकपा प्रवेश गर्नेहरुमा पूर्वी चितवनका तरुण दल क्षेत्रीय सदस्यहरु सन्तोष गुरुङ, दीपक थापा, सुदन श्रेष्ठ, चोक बहादुर गुरुङ, प्रनिल तामाङ लगायत छन् । उनीहरुले मुलुकको समृद्धि नेकपा नेतृत्वबाट मात्रै सम्भव हुने भएकाले कांग्रेस परित्याग गरेको बताए ।